सुमित मिश्र , जनकपुरधाम । जनकपुरको सदगुरु कबिर आस्रममा ‘बेटि बचाउ, बेटि पढाउ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि तथा बरिस्ठ पत्रकार राजेश्वर नेपालीले छोरी बिनाको समाजको कल्पना गर्न सकिने बताए । दाईजो जस्ता विकृतको कारण समाजमा जन्मदेखि नै छोरीसँग विभेद हुदै आएको उनले बताए । कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका उमेयर रिता झाले नगरसभाबाट छोरीलाई विशेष अधिकार दिलाउने बताईन ।
त्यसैगरि, आश्रमका सञ्चालक सन्त आलोकले छोरीलाई आमाको रुपमा हेर्नु पर्ने बताए । कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक चक्रवहादुर सिंह, महिला तथा बालबालिका कार्यालय धनुषाका मिरा मिश्र, एमाले नेतृ मुन्नी दास लगायतका सभागिता रहेको थियो ।
No comments:
Post a Comment