सहिद पत्रकार उमा सिंहको स्मृति दिवस अनाथ आश्रममा मनाइयो - Kabir Orphnage Janakpur

No one has ever become poor by giving, Please Donate


Post Top Ad

Responsive Ads Here

Thursday, January 11, 2018

सहिद पत्रकार उमा सिंहको स्मृति दिवस अनाथ आश्रममा मनाइयो


जनकपुरधाम, २८  पुस ।
स्मृति दिवस प्रथम महिला सहिद पत्रकार उमा सिंहको ९ आंै स्मृति दिवस मनाइएको छ क्रियाशिल पत्रकार महिलाको आयोजनामा बिहिबार जनकपुर स्थित सदगुरु कबीर अनाथ बाल वात्सल्य आश्रममा स्व.पत्रकार सिंहको स्मृति दिवस मनाईएको हो ।
कार्यक्रममा जनकपुरका स्थानिय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले उमा सिंहले सञ्चार क्षेत्रमा पुर्याएको योगदानको विषयमा चर्चा गरेका थिए । कार्यक्रममा बोल्दै क्रियाशिल महिला पत्रकारका अध्यक्ष गायत्री मिश्रले स्व.पत्रकार उमा सिंह अहिलेपनि सम्पुर्ण महिला पत्रकारहरुको मन मष्तिस्कमा जिवित रहेको बताए ।
उनले उमाको हत्या पश्चात महिला पत्रकारहरु विस्थापित हुनुपरेको बताउँदै उनीहरु अहिलेपनि सुरक्षित नरहेको बताए । अध्यक्ष मिश्रले महिला पत्रकारहरुको सुरक्षाको प्रत्याभुती न त नेपाल पत्रकार महासंघले सोचेको न त सञ्चार गृहहरुले नै उनीहरुको सुरक्षा सम्बन्धी ध्यान दिएको गुनासो समेत गरिन ।
कार्यक्रममा अनाथ आश्रमका सञ्चालक सन्त आलोकले आश्रममा बेटी बचाउ अभियान सुरु गरि आफुले ८ जना बालिकालाई बचाएको भन्दै सबैले यस अभियानमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले यस अभियानको सुरुवात नगरिए प्रकृति नै नष्ट हुने बताए ।
सदगुरु कबीर अनाथ बाल वात्सल्य आश्रम सन्त आलोकले महिलाप्रति सघनताका साथ काम गरिरहेको बताउँदै आफुले त्यही सोंचका साथ आश्रम सञ्चालन गरेको र भविष्यमा छोरीलाई बचाउनु अति आवश्यक रहेको बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार नवल किशोर यादव,पत्रकारहरु अजय कुमार झा,घनश्याम मिश्र,दिपक मिश्र,शैलेन्द्र क्रान्ती,दिपक कर्ण,पुरन साह,मनिका झा,नेहा झा,प्रतिभा झा,स्मृति मिश्र,अम्बिका मण्डल,आरती मण्डल सहितको सहभागिता रहेको थियो । रेडियो टुडेमा काम गर्ने सिंहको २०६५ पुस २७ गते जनकपुरमा उमेश यादव नामको व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो ।
कार्यक्रममा अमित स्टेशनरीले उपलब्ध गराएको ६ दर्जन काँपी र कक्षा नर्सरीदेखि कक्षा ५ सम्मको किताब,बिस्कुट,पेन्सील,कटर,इरेजर,फलफुल,हर्लिक्स,मिडियाकर्मी मनिष झाको तर्फबाट टोपी र बिस्कुट,पत्रकार हदिश खुद्यारको अगुवाइमा बिस्कुट,पेन्सील,कटर,इरेजर लगायतका स्टेशनरी सामानहरु र समाजसेवी बैद्यनाथ साहको तर्फबाट शौल समेत आश्रमका सञ्चालक सन्त आलोकलाई प्रदान गरिएको थियो ।

साभार : मधेशपाटी 

No comments:

Post a Comment

banner

banner
surendra

Pages